logo-img

धादिङमा सम्बन्धविच्छेदका मुद्दा बढे

धादिङ– जिल्ला अदालत धादिङले लक्ष्यभन्दा बढी मुद्दा फैसला गर्दै ३ नम्बर प्रदेशमा अब्बल जिल्ला अदालत साबित गरेको छ । हालै भएको चौमासिक समीक्षामा जिल्ला अदालत धादिङले गत चौमासिकमा लक्ष्यको तुलनामा १ सय ६३ प्रतिशत मुद्दा फैसला गरेको हो ।
 
गत चौमासिकमा जिल्ला अदालतले १ सय ३० थान मुद्दा फैसला गर्ने लक्ष्य राखेकोमा २ सय १३ थान मुद्दा फैसला गरी मुद्दा फैसलामा द्रूतगति दिएको जिल्ला अदालतका स्रेस्तेदार नवराज दंगालले बताए । 

देवानी १ सय ९४ र फौजदारी १ सय ३६ र पुनरावेदनका लागि आएका दुई मुद्दा गरी जिल्ला अदालतमा कात्तिक मसान्तसम्ममा ३ सय ३४ मुद्दा फर्छ्र्यौट हुन बाँकी रहेको छ । जिल्ला अदालतमा पुरुष वादी भएका सम्बन्धविच्छेदका २७ थान मुद्दा परेकोमा ६ थान मुद्दा फर्छ्र्यौट भएको छ । 

आर्थिक वर्ष ०७४/७५ मा सम्बन्धविच्छेदका २ सय ५ थान मुद्दा दर्ता भएकोमा १ सय ४४ थान मुद्दा फर्छ्र्यौट भएको थियो । जिल्ला अदालतले फैसला कार्यान्वयनतर्फ ८७ प्रतिशत मुद्दा कार्यान्वयन भएको जनाएको छ ।     





  • प्रकाशित मिति : मंसिर १२, २०७५ बुधबार १४:११:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया