logo-img

पीडित पुरुष धाउन थाले अदालत

राेल्पा– रोल्पा जिल्ला अदालतमा गत भदौ १ गते यता आठ पुरुषले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका छन् । नयाँ मुलुकी संहिता जारी भएसँगै जिल्ला अदालतमा यस्ता मुद्दा आउन थालेको रोल्पा जिल्ला अदालतले जनाएको छ । 

वैदेशिक रोजगारीबाट पठाएको पैसा दुरुपयोग गरेको, घर व्यवहार राम्रोसँग नचलाएको, लामो समयसम्म माइत बसेको जस्ता आरोपसहित ती पुरुषले सम्बन्धविच्छेदका मुद्दा दर्ता गराएको बताइएको छ । 

महिलाले मात्रै यस्ता मुद्दा दायर गर्ने गरेकामा पछिल्लो मुलुकी संहिताले पुरुषलाई समेत सम्बन्धविच्छेद गर्न सक्ने बाटो खुला गरेसँगै पुरुषले समेत मुद्दा दर्ता गर्न थालेको उक्त अदालतका तामेलदार डिठ्ठा झक्कुप्रसाद आचार्यले जानकारी दिए । 

महिलाले दायर गर्ने सम्बन्धविच्छेदका मुद्दामा भने मादक पदार्थ सेवन गरी निरन्तर घरेलु हिंसा गरेको, बहुविवाह गरेको, घरमा खानलाउन नदिएको जस्ता आरोप हुने गरेको उनको भनाइ थियो । 

जिल्लामा उमेर नपुग्दै विवाह गर्नेहरु उमेर पुगेपछि सम्बन्धविच्छेदका लागि अदालत धाउने महिलाको सङ्ख्या अधिक रहेको उक्त अदालतका मेलमिलापकर्ता तीर्था आचार्यले जानकारी दिए । 





  • प्रकाशित मिति : मंसिर १३, २०७५ बिहीबार ९:४०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया