logo-img

राष्ट्रियसभा निर्वाचनमा जनमोर्चाको तर्फबाट राजेश विश्वकर्मा उम्मेदवार

राष्ट्रियसभा निर्वाचनका लागि राष्ट्रिय जनमोर्चाले राजेश विश्वकर्मालाई उम्मेदवार बनाउने भएको छ । 

आजै बिहान बसेको सत्तारुढ गठबन्धनले राष्ट्रियसभा निर्वाचनका लागि भागवण्डा मिलाएका थिए । सोही अनुसार जनमोर्चाले विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि भोलि मंगलबार मनोनयन दर्ता हुँदैछ । जसमा जनमोर्चाले विश्वकर्मालाई उम्मेदवार बनाएको हो । 

विश्वकर्मा जीवन शर्मा नेतृत्वको रक्तिम सांस्कृतिक परिवारका पुराना कलाकार हुन् । रक्तिमको सल्लाहकार र केन्द्रीय सदस्य समेत भएका थिए । उनी रुपन्देहीबाट जनमोर्चामा खटिएका नेता हुन् ।





  • प्रकाशित मिति : पुस १९, २०७८ साेमबार १६:१:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया