logo-img

पृथ्वी जयन्तीमा गोरखा नगरपालिकामा सार्वजनिक बिदा

पृथ्वी जयन्तीको दिन पुस २७ गते गोरखा नगरपालिकाले सार्वजनिक बिदा दिने भएको छ । अघिल्लो वर्ष पनि गोरखामा बिदा दिइएको थियो । नगर कार्यपालिकाको बैठक बसेर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

सोमबार सूचना जारी गर्दै पृथ्वी जयन्तीमा बिदा दिने निर्णय भएको जानकारी दिइएको हो । ‘पृथ्वी जयन्तीको दिन नगरपालिकाका कार्यालय, वडा कार्यालयहरू, नगरपालिका अन्तरगतका सबै संस्थाहरूमा सार्वजनिक बिदा हुनेछ,’ सूचनामा भनिएको छ ।

पृथ्वीनारायण शाह गोरखामा जन्मिएका हुन् भने गोरखाबाटै राष्ट्रिय एकीकरण अभियान सुरु गरेका थिए । दिवसकै अवसरमा पालिकाले तीनदिने कार्यक्रम आयोजना गरेको छ । पहिलो दिन २५ गते मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता हुनेछ भने दोस्रो दिन २६ गते द्रब्यशाह चौतारादेखि ठूलो आँगनसम्म ९ किलोमिटरमा दौड प्रतियोगिता आयोजना गरिएको मेयर राजनराज पन्तले जानकारी दिए ।

उनका अनुसार २७ गते बिहान अस्पतालमा रहेका बिरामीहरूलाई फलफूल वितरण गरिनेछ भने दिउँसो झाँकी र्‍याली हुनेछ । साँझ पृथ्वीनारायण शाहको सालिक भएको ठाउँमा पत्रकार महासंघले दीप प्रज्वलनको कार्यक्रम गर्ने छ । दिवस मनाउन मेयर पन्तको अध्यक्षतामा ५ सय १ सदस्यीय मूल समिति गठन गरिएको छ ।





  • प्रकाशित मिति : पुस १९, २०७८ साेमबार १९:५९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया