सवारी दुर्घटनामा परी राज्यमन्त्री कर्णसहित ६ जना घाइते

सवारी दुर्घटनामा परी प्रदेश २ सरकारका आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुवीकुमारी कर्णसहित ६ जना घाइते भएका छन् ।

राज्यमन्त्री कर्ण सवार ज१झ ४०६ नम्बरको गाडी बुधबार अपराह्न सप्तरीको छिन्नमस्ता सडक खण्डस्थित जोलहनिया पुल नजिक आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा उनीसहित ६ जना घाइते भएका हुन् । 

पूर्वनिर्धारित कार्यक्रमअनुसार छिन्नमस्ता गाउँपालिका–६ खुदिबखारीमा हत्या गरिएका मुक्ति मण्डलको परिवारसँग भेटघाट गरी सोही गाउँपालिका–१ बरहिबिरपुरमा हत्या गरिएको भुटी यादवको परिवारसँग भेटघाट गर्न जाने क्रममा राज्यमन्त्री कर्णको गाडी पल्टिएको प्रहरीले जनाएको छ । 
 
दुर्घटनामा परी घाइते भएकाहरुमध्ये राज्यमन्त्री कर्णको बायाँ हातमा चोट लागेको र अन्यको अवस्था भने सामान्य रहेको बताइएको छ । 
अहिले उनीहरु राजबिराजस्थित छिन्नमस्ता अस्पतालमा उपचाररत रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।





  • प्रकाशित मिति : पुस २१, २०७८ बुधबार १८:५८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया