logo-img

नारायणहिटीमा बतास समूहको प्रवेशबारे छानबिन गर्न सरकारले बनायो समिति
फाइल तस्वीर

सरकारले नारायणहिटी दरबार संग्राहलयभित्र बतास समूहको प्रवेशबारे छानबिन गर्ने भएको छ । नारायणहिटी संग्रहायलभित्र रेस्टुरेन्ट सञ्चालन गर्न बतास समूहलाई दिएको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन गर्न समिति गठन गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी संग्रहायलभित्र बतास समूहको प्रवेशको सम्बन्धमा छानबिन सुरु गरिएको बताए ।

बिहीबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मन्त्री आलेले नारायणहिटी संग्रहालयभित्र रेस्टुरेन्टलगायतको भौतिक संरचना निर्माण गरिरहेको बतास समूहको प्रवेशबारे छानबिन भइरहेको जानकारी दिएका हुन् ।

मन्त्रालयले सहसचिव होप्रसाद लुइँटेलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । सदस्यहरूमा मन्त्रालयका उपसचिवत्रय टेकनारायण पौडेल, सूर्यमणि गौतम, पुरुषोत्तम खतिवडा र सदस्य सचिवमा शाखा अधिकृत टंकबहादुर नेगी रहेका छन् । समितिलाई तीन दिनको म्याद दिई प्रतिवेदन तयार गर्न मन्त्रालयले निर्देशन दिएको छ । 

यता मन्त्री आलेले नारायणहिटी संग्रहालयभित्रबाट बतास समूहलाई हटाउने प्रक्रिया अगाडि बढाउने बताएका छन् । उनले सो समूहलाई कुन प्रक्रियामार्फत् हटाउने भन्ने विषयमा आफू छलफलमा रहेको बताए ।

मन्त्री आलेले बतास समूहलाई मन्त्रीस्तरबाट वा मन्त्रिपरिषद्बाटै निर्णय गरेर भए पनि हटाइ छाड्ने बताए । उनले बिहीबार नै नारायणहिटीमा अवलोकनका लागि जाने पनि उल्लेख गरे ।





  • प्रकाशित मिति : पुस २२, २०७८ बिहीबार १५:१:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया