ला लिगामा रियल मड्रिडको शानदार जित

स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा भ्यालेन्सियामाथि रियल मड्रिड ४–१ गोल अन्तरले विजयी भएको छ ।

घरेलु मैदानमा भएको खेलमा मड्रिडको जितमा करिम बेन्जिमा र भिनिसियस जुनियरले दुई/दुई गोल गरे । बेन्जिमाले ४३ र ८८ औँ मिनेटमा गोल गरेका थिए ।

उनले पहिलो गोल पेनाल्टीमार्फत गरेका हुन् । जुनियरले ५२ र ६१ औँ मिनेटमा गोल गर्दै टिमको जित पक्का गरे । ​भ्यालेन्सियाका लागि ७६ औँ मिनेटमा गोन्कालो गुएडेसले गोल फर्काए ।

यो जितपछि शीर्ष स्थानको मड्रिडले २१ खेलबाट ४९ अंक जोडेको छ । भ्यालेन्सिया २० खेलबाट २८ अंक जोडेर नवौं स्थानमा रहेको छ । 





  • प्रकाशित मिति : पुस २५, २०७८ आइतबार ७:१३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया