logo-img

प्रधानमन्त्री कप : आर्मीको सुखद सुरुवात

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष टी-२० क्रिकेट प्रतियोगितामा साविक विजेता त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ । 

आर्मीले समूह ‘बी’ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको पहिलो खेलमा कर्णाली प्रदेशमाथि ६३ रनको जित हात पारेको हो ।

११७ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले १४.४ ओभरमा सबै विकेट गुमाउँदै रन ५३ मात्र बनाउन सक्यो । 

कर्णालीका लागि अर्जुन घर्तीले सर्वाधिक १६ रनको योगदान दिए । कप्तान रविन्द्र शाहीले १५ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

आर्मीका लागि जितेन्द्र मुखिया ४, सुशन भारी र साहब आलमले २-२ तथा सोमपाल कामी र विक्रम शोबले १-१ विकेट हात पारे ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले १९.१ ओभरमा सबै विकेट गुमाउँदै ११६ रन बनाएको थियो ।    



आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक २९ रन को योगदान दिए । हरि चौहानले २० तथा रोहितकुमार पौडेलले र कुशल मल्लले १०-१० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

कर्णालीका लागि प्रकाश जैशीले ३, अनुज चुनाराले २ तथा दिनेश अघिकारी, रविन्द्र शाही र  राज शाहले १-१ विकेट हात पारे । 



यो जितसँगै आर्मीले २ अंक जोड्दा कर्णालीले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । 


 

  • प्रकाशित मिति : पुस २६, २०७८ साेमबार १२:३५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया