logo-img

प्रधानमन्त्री कप क्रिकेट : लगातार दोस्रो जित निकाल्दै पुलिस शीर्ष स्थानमा

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष टी-२० क्रिकेट प्रतियोगितमा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हात पारेको छ ।

पुलिसले समूह ‘ए’ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएकाे विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबमाथि ४ विकेटको जित हात पारेको हो ।

१३८ रनको विजयी लक्ष्य पुलिसले १८ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍याे ।

पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ३५ रनको योगदान दिए । राशिद खानले २८ रन बनाउँदा अविजित रहेका दिलिप नाथले २५ रन जोडे ।

आर्मीका लागि साहब आलमले ३, जितेन्द्र मुखियाले २ र कुशल मल्लले १ विकेट हात पारे । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १३७ रन बनाएको थियो ।    

आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक ४४ रन को योगदान दिए । सोमपाल कामीले ४२, कुशल मल्ल, हरि चौहान र सुशन भारीले १२-१२ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 



पुलिसका लागि करण केसीले ४, गुल्सन झा र योगेन्द्रसिंह कार्कीले २-२ तथा आरिफ शेख र दिपेन्द्रसिंह ऐरीले १-१ विकेट हात पारे । 

यो जितसँगै दुई खेलमा चार अंक जोडेको पुलिस समूहको शीर्ष स्थानमा उक्लिँदा आर्मीले
पहिलो पराजय बेहोरेको छ । 



पुलिसले पहिलो खेलमा सुदूरपश्चिम प्रदेशमाथि २ र आर्मीले कर्णाली प्रदेशमाथि ६३ रनको जित हात पारेकाे थियाे । 

  • प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार १२:१८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया