logo-img

‍प्रधानमन्त्री कप क्रिकेट : विजयी यात्रा कायम राख्ने साेचमा पुलिस

प्रधानमन्त्री राष्ट्रिय पुरुष टी-२० क्रिकेट प्रतियोगितामा शनिबार दुई खेल हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा विभागीय टाेली नेपाल पुलिस क्लब र प्रदेश-१ भिड्नेछन् ।

समूह 'ए' काे पुलिस ३ खेलमा शतप्रतिशत जितसहित ६ अंक जोडेर शीर्ष स्थानमा छ ।

सेमिफाइनलमा स्थान बनाइसकेको पुलिस आफ्नो विजयी यात्रालाई कायम राख्न चाहन्छ ।

२ खेलमा १ अंक जोडेको प्रदेश-१ पुछरमा छ । प्रदेश-१ पनि पुलिसलाई हराउँदै पहिलाे जित निकाल्ने साेचमा छ ।

त्रिवि मैदानमै हुने दोस्रो खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशकाे सामना गर्नेछ ।



समूह 'बी' मा रहेको बागमती ३ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा छ।

बागमती गण्डकीलाई हराएर सेमिफाइनल पुग्न चाहन्छ ।



अघिल्ला २ खेलमा पराजित हुँदै अंकविहीन गण्डकी पुछारमा छ ।

गण्डकी पनि बागमतीलाई हराउँदै पहिलाे जित निकाल्ने प्रयासमा हुनेछ ।

  • प्रकाशित मिति : माघ १, २०७८ शनिबार ७:४०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया