logo-img

प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीको सान्त्वना जित

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष टि-२० क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले दोस्रो जित हात पारेको छ । 

लुम्बिनीले समूह ‘बी’ अन्तर्गत आफ्नो अन्तिम खेलमा आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा गण्डकी प्रदेशमाथि ५ विकेटको जित हात पारेको हो ।
 
१०५ रनको विजयी लक्ष्य लुम्बिनीले १३.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍याे । लुम्बिनीका लागि देव खनालले अर्धशतकीय पारी खेले । २६ बलमा ५६ रन बनाएका देवले १० चौका र १ छक्का प्रहार गरे ।

सुशान्त थापाले २६ र कप्तान कृष्ण कार्कीले ८ रन बनाउँदा बसिर अहमद ७ रनमा अविजित रहे ।

गण्डकीका लागि सुवास भण्डारीले ३ तथा कप्तान विशाल पौडेल र अशोक श्रेष्ठले १-१ विकेट लिए । 

यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकी प्रदेशले निर्धारित १९.१ ओभरमा सबै विकेट गुमाउँदै १०४ रन बनाएको थियो । 

गण्डकीका लागि अनिल गुरुङले अर्धशतकीय पारी खेले । ३९ बलको सामना गर्दै ५० रन बनाएका उनले ५ चौका र २ छक्का प्रहार गरे ।



विशाल पौडेलले १६, विधान श्रेष्ठले १४ र गोविन्द विकले १२ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

लुम्बिनीका लागि अनिल खरेलले ४, कृष्ण कार्की र दिपेन्द्र रावतले २-२ तथा दुर्गेश गुप्ता र तुलबहादुर थापाले १-१ विकेट हात पारे । 



जितसँगै प्रतियोगिताको अन्त्य गरेको लुम्बिनी ४ खेलमा ४ अंक जोड्दै तेस्रो स्थानमा रह्यो । चारै खेल गुमाएको गण्डकी भने अंकविहीन बन्यो । 

  • प्रकाशित मिति : माघ २, २०७८ आइतबार १५:५१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया