logo-img

प्रधानमन्त्री कपका सेमिफाइनल आज हुँदै

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष टी-२० क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार सेमिफाइनलका खेलहरू हुँदैछन् । 

दुवै सेमिफाइनल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन् ।

पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशको सामना गर्नेछ ।

पुलिस समूह 'ए' को विजेताको तथा बागमती समूह 'बी' काे रूपमा सेमिफाइनलमा प्रवेश गरेका हुन् । 

समूह चरणका चारवटै खेलमा जित हात पारेकाे पुलिसले ८ अंक जाेडेकाे थियाे । बागमतीले चारमध्ये तीन खेलमा जित हात पार्दै ६ अंक जाेड्याे ।

आज नै हुने दोस्रो सेमिफाइनलमा दुई विभागीय टोली नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने छन् । 



एपिएफ समूह 'बी' को विजेता तथा आर्मी समूह 'ए' को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेका हुन् ।

एपिएफले समूह अन्तर्गत चारवटै खेल जित्दै ८ अंक जाेडेकाे थियाे । 



समूह चरणका चारमध्ये दुई जित, एक हार र एक खेलमा अंक बाँडेको आर्मीले ५ अंक जाेड्याे ।

  • प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार ८:३७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया