logo-img

पुलिसलाई हराउँदै एपिएफले उचाल्यो प्रधानमन्त्री कपको उपाधि

विभागीय टोली नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष टी-२० क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । 

एपिएफले बुधबारको फाइनलमा अर्को विभागीय नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै उपाधि उचालेको हो । 

१५८ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले २० ओभर नै ब्याटिङ गरे पनि ७ विकेट गुमाउँदै १३६ रन मात्र बनाउन सक्यो । 

पुलिसका लागि दिपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले । ५४ बलको सामना गरेका उनले ३ चौका र २ छक्काको मद्दतमा ६५ रन बनाए ।

दिलिप नाथले २३, आरिफ शेखले १२ र अनिल शाहले १० रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

एपिएफका लागि किशोर महतोले ३, तथा अभिनाश बोहरा, अमरसिंह रौटेला र दिपक बोहराले १-१ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो । 



यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन बनाएको थियो ।  

एपिएफका लागि अमरसिंह रौटेलाले सर्वाधिक २९, लोकेश बमले २७, सन्दीप जोराले २४ को योगदान दिए । 



पुलिसका लागि दिपेन्द्रसिंह ऐरीले र सागर ढकाल ३-३, गुल्सन झाले २ तथा आरिफ शेख र योगेन्द्रसिंह कार्कीले १-१ विकेट हात पारे ।

उपाधिसँगै एपिएफले पाँच लाख प्राप्त गर्दा उपविजेता पुलिसले ३ लाख पायो । 

  • प्रकाशित मिति : माघ ५, २०७८ बुधबार १३:३८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया