प्रचण्डपत्नी सीता दाहाललाई काेराेना संक्रमण, आइसियुमा उपचार
फाइल फाेटाे

नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाल काेराेना संक्रमित भएकी छन् । 

प्रचण्डकाे सचिवायलका अनुसार दाहालकाे हाल मेडिसिटी अस्पतालकाे आइसियुमा उपचार भइरहेकाे छ । 

तीन दिनदेखि अस्पतालमा भर्ना भएकी सीतामा निमाेनिया पनि देखिएकाे प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

सीता पिएसपी नामक रोगबाट लामाे समयदेखि ग्रसित छिन् ।

अमेरिकाको नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल डिसअर्डर एण्ड स्ट्रोक (एनआइएनडिएस) का अनुसार, पिएसपी एक प्रकारको असामान्य मस्तिष्क विकार हो, जसले शरीरको गति, हिँडाइको सन्तुलन, बोल्ने, निल्ने, हेर्ने प्रक्रियाका साथै मनोदशा र सोचसमेत प्रभावित बनाउँछ ।

मष्तिष्कका स्नायु कोष (नर्भ सेल) क्षय हुने यो रोगले बिरामीलाई मानसिक र शारीरिक रूपमा कमजोर बनाउँदै लैजान्छ ।



एनआइएनडिएसका अनुसार यो रोग हरेक एक लाखमा तीनदेखि ६ जनासम्मलाई हुन्छ । 

सामान्यतः पिएसपीको लक्षण ६० वर्ष पुगिसकेकाहरूमा देखिने गरेको छ । तर, कसै कसैलाई यो रोगले चाँडै समात्न सक्छ । पिएसपीबाट महिलाभन्दा पुरुष धेरै प्रभावित रहेको चिकित्सकहरु बताउँछन् । 



  • प्रकाशित मिति : माघ ९, २०७८ आइतबार ११:५३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया