logo-img

कीर्तिपुर नगरपालिकामा राष्ट्रिय परिचयपत्र दर्ता सुरु
फाइल तस्वीर

कीर्तिपुर नगरपालिकामा राष्ट्रिय परिचयपत्रका लागि दर्ता कार्य सुरु भएको छ ।

मंगलबारदेखि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले कीर्तिपुर नगरपालिकामा राष्ट्रिय परिचयपत्रका लागि दर्ता कार्य सुरु भएको हो । कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले टोकन सिस्टममा दैनिक ४० जनाको नाम दर्ता गरिने बताए । उनले अत्यावश्यक परेका नागरिकलाई राष्ट्रिय परिचयपत्र दर्ताका लागि विशेष प्राथमिकता दिइने पनि बताए ।

कीर्तिपुर नगरपालिकाले नगरवासीलाई राष्ट्रिय परिचयपत्र दर्ताका लागि नेपाली नागरिकताको सक्कल प्रमाणपत्र लिएर आउन आग्रह गरेको छ । नागरिकताको प्रमाणपत्रमा जन्ममिति नखुलेको हकमा जन्ममिति खुल्ने प्रमाणपत्र, नागरिकतामा उल्लेख भएको ठेगानाभन्दा फरक ठेगाना भएमा त्यस्तो ठेगाना प्रमाणित गर्ने बसाइसराइ वा बसोबास प्रमाणित भएको कागजात, नागरिकतामा पति, पत्नीको नाम उल्लेख छैन भने विवाह दर्ताको प्रमाणपत्रसहित परिचयपत्र दर्ताका लागि आउन नगरपालिकाले आह्वान गरेको छ ।





  • प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार १५:३७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया