घरायसी विवाद हुँदा घाँटी थिचेर बुबाको हत्या, एकजना पक्राउ

मोरङको बेलवारी नगरपालिका–९ बाट आफ्नै बुबाको हत्या अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही वडाको डाँगा बजारका ३५ वर्षीय जयबहादुर खत्री रहेका छन् । 

बुधबार राति साढे १० बजे खत्रीले आफ्नै बुबा ८० वर्षीय दलबहादुर खत्रीको घाँटी थिचेर हत्या गरेको भन्ने खबर प्राप्त भएसँगै ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले खत्रीलाई पक्राउ गरेको हो । 

प्रहरीका अनुसार मदिरा पिएर आएका खत्रीले सुरुवातमा बुबासँग विवाद गरेका थिए । घरायसी विषयमा विवाद बढेपछि उनले आवेगमा घाँटी थिचेर दलबहादुरको हत्या गरेका प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : माघ १३, २०७८ बिहीबार ११:३८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया