logo-img

ओमानमाथि साउदी अरबको कठिन जित

विश्वकप एसिया छनोटअन्तर्गत ओमानविरुद्ध घरेलु टोली साउदी अरब विजयी भएको छ । गएराति किङ्ग अब्दुल्लाह स्पोर्ट्स सिटीमा भएको खेलमा ओमानमाथि साउदी अरबले १-० को कठिन जित हात पारेको हो ।

खेलको ४८ औं मिनेटमा फिरास अल बुराइकनले गरेको एक मात्र गोल साउदीलाई जित दिलाउन प्रयाप्त बन्यो । यो जितसँगै ७ खेलमा १९ अंक जोडेर ऊ समूह ‘बी’ को शीर्ष स्थानमा रहँदा पराजित ओमान ७ अंकका साथ चौथो स्थानमा छ ।

छनोटअन्तर्गतकै अन्य खेलमा अस्ट्रेलियाले भियतनामलाई ४-० ले हराउँदा जापानले चीन तथा युएईले सिरियामाथि समान २-० को जित हात पारे । दक्षिण कोरियाले लेबनान तथा इरानले इराकलाई समान १-० गोल अन्तरले हराए ।

इराकमाथिको जितसँगै इरान विश्वकपमा छनोट हुने १४ औं राष्ट्र बनेको छ । 






  • प्रकाशित मिति : माघ १४, २०७८ शुक्रबार ८:६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया