अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो ब्राजिल

विश्वकप दक्षिण अमेरिकी छनोटअन्तर्गत आज बिहान भएको खेलमा इक्वेडरसँग ब्राजिल बराबरीमा रोकिएको छ । स्टेडियो रोड्रिगो पाज डेलगाडोमा भएको खेलमा इक्वेडरविरुद्ध ब्राजिल १-१ को बराबरी रोकिएको हो ।

सुरुवाती अग्रता जोगाउन नसक्दा ब्राजिल अंक बाँड्न बाध्य भएको हो । खेलको छैटौं मिनेटमै क्यासिमिरोले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । खेलको १५ औं मिनेटमा गोलरक्षक एलेक्सजेन्डर डोमिन्गुएजले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि इक्वेडर १० खेलाडीमा सीमित भयो ।

२० औं मिनेटमा डिफेन्डर इमरसन रोयलले दोहोरो पहेँलो कार्डको सामना गर्दै मैदान छाडेपछि ब्राजिल पनि १० खेलाडीमा समेटियो । ७५ औं मिनेटमा इक्वेडरका फेलिक्स टोरेसले गोल गरेपछि खेल १-१ को बराबरीमा सकियो ।

बराबरीसँगै ब्राजिल १४ खेलमा ३६ अंकका साथ शीर्ष तथा इक्वेडर १५ खेलमा २४ अंक जोडेर तेस्रो स्थानमा यथावत छन् । छनोटअन्तर्गत आज बिहान‌‌ नै भएको अर्को खेलमा उरुग्वेले पाराग्वेमाथि १-० को कठिन जित हात पार्‍यो । 






  • प्रकाशित मिति : माघ १४, २०७८ शुक्रबार ७:१५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया