हलिउड स्टार जाेन ट्राभाेल्टासँगकाे भेटमा बलिउड स्टार सलमानले के भने ?

बलिउड स्टार सलमान खानले हालै हलिउड स्टार जोन ट्राभोल्टालाई भेटेका छन् । उनीहरूको भेट रियादमा एक अवार्ड कार्यक्रमका दाैरान भएको हाे । 

उक्त भेटको एउटा भिडियो इन्टरनेटमा भाइरल भइरहेको छ, जसमा सलमान जोनसँग हात मिलाएर आफ्नो परिचय दिइरहेका छन् । भिडियो सार्वजनिक भएपछि मानिसहरूले सलमानकाे मजाक उडाइरहेका छन् ।

सलमान खान र जोन ट्राभोल्टाको भेटको यो भिडियो सलमानका एक फ्यानले सेयर गरेका हुन् । 

यस भिडियोमा सलमानले जोनलाई आफ्नो परिचय दिँदै भनेका छन्, ‘मेरो नाम सलमान खान हो र म भारतीय फिल्म उद्योगमा काम गर्छु ।’  

ट्विटरमा दुबैको तस्बिर पनि सेयर भइरहेकाे छ, जसमा सलमान र जोन सँगै बसेर तस्बिर क्लिक गरिरहेको देखिन्छ । 

याे तस्बिर पोस्ट हुनासाथ फ्यानहरूले यसमा आफ्नो प्रतिक्रिया दिन थालेका छन् । एकजनाले लेखे, ‘दुई लिजेन्ड ।’  



त्यसपछि अर्को लेख्छन्, ‘तपाईंले आफ्नो पहिचान प्रकट गर्न आवश्यक थिएन ।’  

अवार्ड साे कार्यक्रममा कार्यक्रममा सलमान खानलाई ‘पर्सनालिटी अफ द इयर’ अवार्ड दिइँदा जोनलाई भने लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो । 



जोनले पल्प फिक्सन, क्यारी, सटर्डे नाइट फिभरजस्ता फिल्ममा काम गरेका छन् । उनले गाेल्डेन ग्लाेब अवार्ड पनि जितिसकेका छन् ।

सलमान खान अन्तिम पटक ‘अन्तिम’ नामक फिल्ममा देखिएका थिए । खानकाे ‘टाइगर-३’ फिल्म आउँदैछ । फिल्ममा खान ​कैटरिना कैफ र इमरान हाशमीकाे साथमा देखिने छन् ।   
 

  • प्रकाशित मिति : माघ १७, २०७८ साेमबार १४:२२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया