logo-img

मेस्सीले गोल गरेको खेलमा पिएसजीको शानदार जित

पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा घरेलु टाेली लिलीमाथि ५-१ को शानदार जित हात पारेकाे छ । गएराति स्टेट पिएरी माैराेयमा भएको खेलमा पिएसजीको जितमा डानिलाे परेरा दुई तथा प्रेस्नेल किमपेम्बे, लियाेनल मेस्सी र केलियन एमबाप्पेले एक-एक गाेल गरे ।

घरेलु टाेलीका लागि स्भेन बाेटम्यानले एक गोल फर्काए । खेलकाे १० औं मिनेटमा परेराकाे गाेलमार्फत पिएसजीले अग्रता लिएकाे थियाे । २८ औं मिनेटमा बाेटम्यानले लिलीलाई १-१ काे बराबरीमा ल्याए ।

३२ औं मिनेटमा किमपेम्बे र ३८ औं मिनेटमा मेस्सीले गाेल गरेपछि पिएसजी ३-१ ले अघि बढ्याे । ५१ औं मिनेटमा परेराले ब्यत्तिगत दोस्रो  तथा टाेलीका लागि चाैथाे गाेल गरे । ६७ औं मिनेटमा एमबाप्पेले गाेल गरेपछि पिएसजीले ५-१ काे शानदार जित हात पार्‍यो ।  

जितसँगै पिएसजी २३ खेलमा ५६ अंक जाेडेर शीर्ष स्थानमा कायम रहँदा पराजित लिली ३२ अंकका साथ ११ औं स्थानमा छ ।






  • प्रकाशित मिति : माघ २४, २०७८ साेमबार ७:५७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया