logo-img

सेनेगलले पहिलोपटक जित्यो अफ्रिका कप अफ नेसन्सको उपाधि

अफ्रिका कप अफ नेसन्सको उपाधि सेनेगलले उचालेको छ । गएराति सम्पन्न फाइनलमा सातपटकको विजेता इजिप्टलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै सेनेगलले पहिलोपटक उपाधि हात पारेको हो ।

क्यामरुनको पउल बिया स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।

पेनाल्टीमा सेनेगलका सादियो माने, बाम्बा दिएङ, अब्दौ दायलो र कालिदौ कुलिबालीले गोल गर्दा बोउना सार चुके । 

इजिप्टका लागि, मर्वान हम्दी र अहमद सायद (जिजो) गोल गर्दा  मोहनाद लशिन र मोहम्मद अब्देल मोनिम भने सफल हुन सकेनन् ।

त्यसअघि खेलको सातौं मिनेटमै पाएको पेनाल्टीलाई सादियो मानेले सदुपयोग गर्न नसक्दा सेनेगल  अग्रता लिन चुकेको थियो ।

उसले बुर्किना फासो र इजिप्टले आयोजक क्यामरुनलाई हराउँदै उपाधि भिड्न्त पक्का गरेका थिए । 






  • प्रकाशित मिति : माघ २४, २०७८ साेमबार ६:५८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया