logo-img

हेमन्त शर्माको 'मालिक' सार्वजनिक

कोरोनाका कारण भर्खर सुरु भएका मेला महोत्सव रोकिए । ब्यस्त बन्दै गएको गायक हेमन्त शर्माको खाली भए । फुर्सदको समयमा डायरीका पुराना पन्ना पल्टाए । उनका आँखा धेरै वर्ष पहिले लेखेर छोडेको ‘भन मेरो मालिक’बोलको गीतमा गएर रोकिए ।

झण्डै ४ वर्षअघिबाट आफ्ना सिर्जना आफ्नै युट्युबमा सार्वजनिक गर्दै आएका शर्माले गीत सार्वजनिक नगरेको केही समय भएको थियो । युट्युबलाई चलायमान बनाउँन पनि गीत रेकर्ड गर्नु पर्छ भनेर सोचिरहेका बेला आँखामा परेको गीत रेकर्ड गर्ने निधो गरे । गीतमा संगीत गरे र रेकर्ड गराए ।

पछिल्लो केही गीतमा गायिका एलिना चौहानसँग सहकार्य गरेका शर्माले यो गीतमा पनि उनैसँग सहकार्य गरे । गीतमा संगीत संयोजन श्यामस्वेत रसाईलीले गरे । गीत तयार भयो । उक्त गीतको म्यूजिक भिडियो गायक शर्माले बिहीबार सार्वजनिक गरेका छन् ।

गीतको म्यूजिक भिडियोमा लोसिना लामिछाने र नरेश वीर सिंहले अभिनय गरेका छन् । दीपकमान सिंहले निर्देशन गरेको भिडियोका दृष्य अजय रेग्मीले खिचेका हुन् । भिडियो सम्पादन मिलन विश्वकर्माले गरेका छन् ।





  • प्रकाशित मिति : माघ २७, २०७८ बिहीबार १६:४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया