विश्वकप छनोटमा ओमानको सामना गर्दै नेपाल

आइसिसी पुरुष टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले आज  आयोजक ओमानको सामना गर्दैछ । खेल अल अमरेत क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान पौने १२ देखि सुरु हुनेछ ।

दुवै टोली आज जित निकाल्दै सुखद सुरुआत गर्ने लक्ष्यका साथ मैदान उत्रिने छन् । हालसम्म मात्र दुई टी-२० अन्तर्राष्ट्रिय एकअर्काको सामना गर्दा नेपाल र ओमान समान एक/एक खेलमा विजयी भएका छन् ।

सन् २०१९ को त्रिकोणात्मक सिरिजअन्तर्गत भएको खेलमा ओमान ६ विकेटले विजयी हुँदा भर्खरै सम्पन्न चार देशीय सिरिजअन्तर्गतको खेलमा नेपालले ६ विकटकै जित निकालेको थियो ।

ग्लोबल छनोट ‘ए’ मा नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानडा, युएई, बहराइन, आयरल्यान्ड र जर्मनी छन् ।  छनोटका खेल २४ फेब्रुअरीसम्म चल्नेछ  ।समूह ‘ए’ मा नेपाल, क्यानडा,फिलिपिन्स र ओमान तथा समूह ‘बी’ मा युएई, बहराइन, आयरल्यान्ड र जर्मनी छन् ।

नेपालले दोस्रो खेल फिलिपिन्सविरुद्ध अल अमरेत क्रिकेट मैदानमा १९ फेब्रुअरी र समूह चरणको तेस्रो तथा अन्तिम खेल २१ फेब्रुअरीमा क्यानडाविरुद्ध ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा खेल्नेछ। 

समूह चरणपछि दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । सेमिफाइनल खेल २२ फेब्रुअरीमा हुनेछन् । फाइनल २४ फेब्रुअरीमा ओमान क्रिकेट एकेडेमी मैदानमा हुनेछ । 



फाइनल प्रवेश गर्ने दुई टोलीले अस्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने टी-२० विश्वकप खेल्ने छन् ।

नेपाली टोली : सन्दीप लामिछाने (कप्तान), शरद भेषावकर, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, जितेन्द्र मुखिया,आरिफ शेख,कुशल भुर्तेल,अविनाश बोहरा, आसिक शेख, कमलसिंह ऐरी, विवेक कुमार यादव, लोकेश बम, सागर ढकाल र गुल्सन झा ।



वैकल्पिक खेलाडी : प्रदीप ऐरी, कुशल मल्ल र साहब आलम । 

  • प्रकाशित मिति : फागुन ६, २०७८ शुक्रबार ७:१३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया