फुटबलर विशालले गरे विवाह

राष्ट्रिय फुटबल टोली तथा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबका मिडफिल्डर विशाल राई शुक्रबार रविना गुरुङसँग वैवाहिक बन्धनमा बाँधिएका छन् ।

झापा अर्जुनधारा ११ का विशाल र इलाम सन्दकपुर ४ मावोकी रविना करिब दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए ।
 
लिग अन्तर्गत बुधबारको खेलमा सातदोबाटो युथ क्लबमाथि १-० को जित निकाल्दै मछिन्द्र उपाधि रक्षा गरेको थियो । त्यति बेला विशाल भने विवाहको तयारीका लागि झापामा थिए ।

विशाल लगातार चौथो पटक लिग विजेता बन्ने खेलाडी बनेका छन् । मछिन्द्रबाट लगातार दुई पटक लिग जित्नुअघि उनले मनाङ मर्स्याङ्दी क्लबबाट पनि लगातार दुई उपाधि जितेका थिए । 

विशालसँगै सुजल श्रेष्ठ र गोलरक्षक विशाल श्रेष्ठ पनि लगातार चौथो पटक लिग उपाधि जित्ने खेलाडी बनेका छन् । 

सन् २०१४ देखि नेपाली सिनियर टोलीका लागि खेल्दै आएका विशालको नाममा तीन अन्तर्राष्ट्रिय गोल छ । 

 





  • प्रकाशित मिति : फागुन ६, २०७८ शुक्रबार १४:१०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया