एमसिसी टेबलपछि भीम रावलले भने - जनताको आवाजलाई कुल्चिने दुष्प्रयास गरियो
फाइल तस्वीर

नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहयोग परियोजनालाई संसदमा टेबुल हुँदा दीर्घकालीन रूपमा असर पर्ने टिप्पणी गरेका छन् ।

संसद बैठकपछि बाहिँदै गर्दा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले भने, नेपाली जनाको दीर्घकालीन अस्तित्वसँग सम्बन्धित एमसिसीलाई जबरजस्ती रूपमा प्रस्तुत गरिएको छ । यो अलोकतान्त्रिक गैरकानुनी र जनताको आवजलाई कुल्चिने दुस्‍प्रयास हो ।

उनले कानुनका सबै मर्यादालाई कुल्चिएर प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा रहेको माओवादीको बिमति हुँदाहुँदै जबरजस्ती एमसिसी संसदमा टेबुल गरेको बताए । उनले यसको निदा गर्नुपर्ने बताए । उनले नेपाली जनताले यसका विरुद्धमा आवाज उठाउनुपर्ने उनको भनाइ छ ।





  • प्रकाशित मिति : फागुन ८, २०७८ आइतबार १४:४६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया