एमसिसी सम्झौता राष्ट्रिय सहमतिमा मात्र अगाडि बढाउनुपर्नेमा उपराष्ट्रपतिको जोड

उपराष्ट्रपति नन्दबहादुर पुनले एमसिसी सम्झौताको सम्बन्धमा राष्ट्रिय सहमतिमा मात्र अगाडि बढाउनुपर्ने बताएका छन् । सोमबार अन्तर्राष्ट्रिय मातृभाषा– २०२२का उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्वसव– २०७८लाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले यस्तो बताएका हुन् । 

‘एमसिसी’ शब्द उच्चारण नगरी उनले यसमा राष्ट्रिय सहमति आवश्यक रहेको धारणा राखे । देशमा राष्ट्रिय, अन्तर्राष्ट्रिय विषयमा मतभिन्नता प्रकट भइरहेको भन्दै उनले दूरगामी महत्वको विषयमा राष्ट्रिय सहमति हुँदा राम्रो हुने बताए ।  राष्ट्रिय सहमती नभएको अवस्थामा राजनीतिक द्वन्द्वकाे खतरा हुने उनको भनाइ थियो । 

उपराष्ट्रपति पुनले मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउनुपर्नेमा जोड दिए । मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउँदा सम्बन्धित समुदायलाई सरकारी सेवा लिन सहज हुने उनको भनाइ छ । भाषा आयोगले सिफारिस गरेअनुसार सम्बन्धित प्रदेशमा मातृभाषामा सेवा दिन ढिलाइ नगर्न उनले ध्यानाकर्षण गराए । 

उपराष्ट्रपति पुनले मातृभाषाको लोप भएमा नेपालको मौलिक संस्कृति लोप हुने भएकाले मातृभाषाको संरक्षण र सम्वद्र्धन गर्नुपर्ने बताए । मातृभाषाको संरक्षण गर्ने प्रमुख दायित्व राज्यको भएको भन्दै उनले स्थानीय तहले मातृभाषामा पठनपाठनको व्यवस्था गर्नुपर्नेमा जोड दिए । 





  • प्रकाशित मिति : फागुन ९, २०७८ साेमबार १८:१२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया