logo-img

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो युभेन्टस

च्याम्पियन्स लिगअन्तर्गत अन्तिम–१६ को पहिलो लेगमा इटालियन क्लब युभेन्टसले स्पेनको भिल्लारियलसँग बराबरी खेलेको छ । ​भिल्लारियलको घरेलु मैदान स्टेडियो डि ला सिरामिका (एल मड्रिगल) मा आन बिहान भएको खेलमा दुवै टोलीले १–१ को बराबरी खेलेका हुन् ।

सुरुआती अग्रता जोगाउन नसक्दा युभेन्टसले बराबरीमा चित्त बुझाउनुपर्‍यो । खेल सुरु भएको ३२ सेकेन्डमै डानिलोको पासमा डुसन भ्लाहोभिचले युभेन्टसलाई अग्रता दिलाएका थिए ।

६६ औं मिनेटमा डानियल पारेजोले घरेलु टोलीलाई १–१ को बराबरीमा ल्याए । उनले एटिएन क्यापोउको पासलाई सदुपयोग गरेका थिए ।

त्यसपछि थप गोल हुन नसक्दा खेल बराबरीमा टुङ्गियो । दोस्रो लेग १७ मार्चमा युभेन्टसको घरेलु मैदान एलियन्ज स्टेडियममा हुनेछ । 






  • प्रकाशित मिति : फागुन ११, २०७८ बुधबार ८:११:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया