च्याम्पियन्स लिगमा चेल्सीको सहज जित

युइएफए च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा इंग्लिस क्लब चेल्सीले फ्रेन्च क्लब लिलमाथि २–० को सहज जित हात पारेको छ ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा आज बिहान सम्पन्न खेलमा साविक विजेता चेल्सीलाई जित दिलाउन काइ हाभर्टज र क्रिस्टियन पुलिसीसले एक/एक गोल गरे ।

खेलको आठौं मिनेटमा हाभर्टजले गोलमार्फत चेल्सीले अग्रता लिएको थियो । उनले हाकिम जियाचको पासलाई सदुपयोग गरे ।

६३ औं मिनेटमा पुलिसिसले एनगोलो कान्टेको पासमा गोल गर्दै चेल्सीलाई २–० को सहज जित दिलाए । दोस्रो लेग १७ मार्चमा लिलको घरेलु मैदान स्टेड पियरे मौरोयमा हुनेछ ।






  • प्रकाशित मिति : फागुन ११, २०७८ बुधबार ७:१५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया