logo-img

एमसिसी अनुमोदनअघि अर्थमन्त्रीले पेस गरे ‘व्याख्यात्मक घोषणा’

अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग परियोजना एमसिसीको व्याख्यात्मक घोषणा पेस गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री शर्माले आज अनुमोदन अघि व्याख्यात्मक घोषणा पढेर सुनाएका हुन् । 

अर्थमन्त्री शर्माले १२ बुँदे व्याख्यात्मक ​घोषणा पेस गरेका हुन् । उनले उक्त प्रस्तावमाथिको छलफल अघि बढाउन भनेका छन् । आजको बैठकमा एमसिसी पारित गर्ने भएको छ ।

बैठकमा एमालेको अवरोध कायम छ । एमालेको अवरोधकाबीच संसदबाट आज एमसिसी सम्झौता अनुमोदन हुने भएको हो । 

सत्ता गठबन्धनमा एमसिसी सम्झौता पास गर्ने वा नगर्ने विषयमा किचलो बढेपछि यसअघिका दुईवटा बैठक स्थगित भएका हुन् ।






  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार १९:५१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया