माधव नेपाल भन्छन्– ओली हामीलाई हटाउन चाहन्थे, हामीले एमसिसी पारित गर्यौँ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग आफूहरुले कुनै सर्तविना एमसिसी पारित गर्न तयार भएको सन्देश दिएको दाबी गरेका छन् ।

उनले एमाले अध्यक्ष ओलीले आफूहरु १४ जना सांसद र सभामुख हटाए एमसिसीमा कुनै सर्तविना पारित गर्न खोजेको बताएका हुन् ।

ओलीले एमसिसी पारित गर्न तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध लगाएको महाभियोग फिर्ता लिन पनि अनुरोध गरेको दाबी गरेका छन् ।

‘केपी ओलीले आँखा चिम्लिएर एमसिसी पारित गर्ने पक्षमा थिए,’ नेपालले भनेका छन्, ‘हामी १४ जनालाई हटाएर हाम्रो पार्टी खारेज गरे उनी त्यसका लागि तयार थिए । हामीले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पारित गर्यौँ ।’






  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार २३:४३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया