logo-img

वृषेशचन्द्र लाल तराई मधेस लोकतान्त्रिक पार्टीको अध्यक्षमा चयन

तराई मधेस लोकतान्त्रिक पार्टीको अध्यक्षमा वृषेशचन्द्र लाल चयन भएका छन् । लाल लोकतान्त्रिक समाजवादी पार्टी नेपाल परित्याग गरी केही दिनअघि तमलोपामा प्रवेश गरेका थिए । 

आइतबार जनकपुरमा भएको केन्द्रीय भेलाले लालको अध्यक्षतामा ५५ सदस्यीय कार्यसमिति चयन गरेको छ । पार्टीको वरिष्ठ नेतामा डा.विजय कुमार सिंहलाई चयन भएका छन् । 

सदस्यहरूमा अञ्जना दत्त, अर्चना ठाकुर, इन्दुदेवी, वीरेन्द्र यादव, ईश्वर पण्डित, उमेश कुमार मण्डल, गुरुशरण यादव, गौरीशंकर सिंह, जगन्नाथ चौधरी, जयनन्दन सहनी, जयनाथ नायक, जयनाथ मण्डल, जहीर अहमद, दिलीप कुमार पाण्डेय, धीरेन्द्र सिंह, नवरतन मुरारका, नवीन कुमार सिंहलगायतका छन् ।






  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार २०:२७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया