logo-img

प्रचण्ड–माधव जस्ताको तस्तै ल्याप्चे लाउन तयार थिए, प्रधानमन्त्रीले हतार गर्नुभयो : एमाले सचेतक

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा नहतारिएको भए माओवादी केन्द्र र नेकपा एसले जस्ताको तस्तै ल्याप्चे लगाउने दाबी गरेका छन् । 

आइतबार राति प्रतिनिधि सभाबाट एमसिसी अनुमोदन भएपछि संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले एमसीसीको व्याख्यात्मक घोषणाको कुनै राजनीतिक र संवैधानिक हैसियत नभएको बताए । 

एमसिसीको विषयमा माओवादी र नेकपा एसले दोहोरो चरित्र प्रदर्शन गरेको उनले बताए । 
उनले भने, ‘आफैँ सरकारमा बस्ने, आफ्नै सरकारका विरुद्ध जनतालाई सडकमा आन्दोलनमा उतार्ने दोहोरो भूमिका निर्वाह गर्नुभयो, प्रधानमन्त्री देउवा नहतारिएको भए उहाँहरु एमसिसीमा जस्ताको तस्तै ल्याप्चे लगाउन तयार हुनुहुने रहेछ ।’ 






  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार २२:४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया