logo-img

यी हुन् एमसिसीको विपक्षमा रहेका माओवादी र एकीकृत समाजवादीका सांसद

नेकपा माओवादी केन्द्रका दुईजना सांसदले एमसिसीको विपक्षमा मत दिने भएका छ्न् ।  सांसद गिरिराजमणि पोखरेल र अञ्जना विशंखेले अमेरिकी सहयोग परियोजना एमसिसीको विपक्षमा भोट हाल्ने भएका हुन् । 

सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पास गर्ने निर्णय गरेको छ भने मन्त्रिपरिषद् बैठकले एमसिसीको व्याख्यात्मक प्रस्ताव पारित गरेको छ । 

तर, सत्ता गठबन्धनका सांसदहरु पोखरेल र विशंखेले एमसिसीको विपक्षमा मत दिने भएका हुन् । 

त्यस्तै, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र सोही पार्टीका सांसद मेटमणि चौधरी पनि मतदान प्रक्रियामा सहभागी नहुने भएका छन् । 






  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार १९:१३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया