logo-img

चीन-अमेरिका शीतयुद्ध चलिरहँदा नेपाल शान्तिक्षेत्र बन्नुपर्छ : राम कार्की

नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले चीन र अमेरिकाबीच शीतयुद्ध चलिरहँदा नेपाल शान्ति क्षेत्रको रुपमा रहनुपर्ने बताएका छन् । 

एमसिसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा भएको छलफलमा भाग लिँदै नेता कार्कीले एक माघले जाडो नजाने भन्दै यस्ता प्रस्ताव आउँदा ध्यान दिनुपर्ने बताए । 

उनले भने,‘नेपाल सुरक्षित रहनको निम्ति । किनभने भारत अमेरिकाको रणनीतिक साझेदार बन्दै छ । चीन अर्को शिविरको केन्द्र हो । अमेरिका र चीन दुईवटा ध्रुवका बीचमा जुन शीतयुद्ध चलिरहेको छ, त्यो स्थितिमा यो क्षेत्र शान्ति क्षेत्रको रुपमा रहनुपर्छ । होइन भने हामीजस्तो सानो मुलुकले एउटा सोभेरन्टीलाई बचाइराख्न गाह्रो हुन्छ ।’

नेता कार्कीले यस्ता भविष्यमा आउने प्रस्तावमा पनि राष्ट्रिय रुपमा विकास रणनीति तय गर्नुपर्छ । ‘हामीले भविष्यमा यस्ता धेरै प्रस्ताव आउँछ । बिआरआई परिमार्जन भएर आउला । भारतले अर्को प्रस्ताव राख्ला । ती सबैको निम्ति हामीले राष्ट्रिय रुपमा विकास रणनीति तय गर्नुपर्छ । एक माघले जाडो जाँदैन । अरु धेरै यस्ता प्रस्ताव आउँछन् ।  त्यतिबेला एकमत हुनुपर्छ,’ उनले भने । 

अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग परियोजना एमसिसीको व्याख्यात्मक घोषणा पेस गरेका छन । 

आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री शर्माले आज अनुमोदनअघि व्याख्यात्मक घोषणा पढेर सुनाएका हुन् । आजको बैठकमा एमसिसी पारित गर्ने भएको छ । 



अहिले अनुमोदन प्रस्तावमाथि छलफल जारी छ ।




  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार २०:६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया