logo-img

संसदबाट एमसिसीको व्याख्यात्मक घोषणा अनुमोदित, बैठक बुधबारसम्मका लागि स्थगित
फाइल तस्वीर

एमसिसीका सम्बन्धको व्याख्यात्मक घोषणा संसदबाट अनुमोदित भएको छ ।

सभामुख अग्नि सापकोटाले एमसिसीमाथिको व्याख्यात्मक घोषणा अनुमोदित भएको घोषणा गरेका हुन् ।

एमसिसीमाथिको व्याख्यात्मक घोषणा अनुमोदनका लागि अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेस गरेका थिए । त्यसअघि व्याख्यात्मक घोषणामाथि सांसदहरूले छलफल गरेका थिए ।

छलफलका क्रममा उठेका प्रश्नको अर्थमन्त्री शर्माले जवाफ दिएपछि सभामुख सापकोटाले अनुमोदनका लागि पेस गर्न समय दिएका थिए ।

सभामुख सापकोटाले अर्को फागुन १८ गते बुधबार दिनको १ बजेका लागि बोलाएका छन् ।






  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार २१:०:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया