logo-img

व्याख्यात्मक घोषणाले एमसिसीबारे प्रस्ट भयो : सांसद भुसाल

नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले एमसिसीमाथि सरकारले व्याख्यात्मक घोषणा गरेर प्रस्ट पारिदिएको बताएकी छन् । आइतबार संसदको दोस्रो बैठकमा व्याख्यात्मक घोषणामाथिको छलफलमा भाग लिँदै नेता भुसालले एमसिसीले नेपालको अर्थतन्त्र बलियो बनाउने बताएकी छन् ।

‘यसले नेपालमा रोजगारी वृद्धि गर्नेछ। सडक विस्तार हुनेछ। विद्युत बढाउन सहयोग पुग्नेछ। जसले गर्दा अर्थतन्त्र बलियो हुनेछ,’ उनले भनिन् ।

उनले एमसिसी दुईपक्षीय सम्झौता भएको र यसमा आर्थिक सुशासन तथा पारदर्शिता भएको बताएकी छन् । त्यसैले समयसीमाभित्रै यसको रकमलाई सदुपयोग गर्नुपर्ने उनले धारणा राखेकी छन् । 

विश्वका ४६ देशमा यो परियोजना लागू भएकाले नेपालमा पनि लागू हुँदा देशको हितमै हुने उनले बताएकी छन् ।






  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार २०:४१:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया