logo-img

व्याख्यात्मक घोषणा लाज छोप्नका लागि होइन, जनताको आवाज सम्बोधन गरिएको हो : मातृका यादव

माओवादी केन्द्रका सांसद मातृका यादवले अमेरिकाले व्याख्यात्मक घोषणासहितको एमसिसीलाई मानेन भने आफूहरूले एमसिसीलाई नमान्ने बताएका छन् ।  

आइतबारको संसदको दोस्रो बैठकमा बोल्दै उनले संशोधन परिमार्जनसहित पास गर्ने पक्षमा आफूहरू रहेको र सोहीअनुसार व्याख्यात्मक घोषणा तयार भएको बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले व्याख्यात्मक घोषणासहित एमसिसी पारितका गर्न लागि प्रस्ताव ल्याएकोमा धन्यवाद पनि दिएका छन् । कतिपयले लाज छोप्न यो कार्य गरेको टिप्पणी गरे पनि यो लाज छोप्ने काम नभएर जनताको आवाजलाई लागू गर्ने कार्य गरिएको उनले दाबी गरे । 

उनले व्याख्यात्मक घोषणापछि एमसिसीलाई सबैले पास गर्नुपर्ने बताए ।






  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार २१:२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया