एमसिसी नेपाली स्वाधिनताको लडाइँमा कलंक स्थापित हुनेछ : भीम रावल

नेकपा एमालेका सांसद भीम रावलले एमसिसीमाथिको व्याख्यात्मक प्रस्तावप्रति असन्तुष्टि जनाएका छन्। उनले सार्वभौम सत्ता, स्वतन्त्रता र देशको हितमा आहत पुर्‍याउनका लागि रातारात संविधान मिचेर आएको बताएका छन् ।

उनले यो भ्रामक घोषणा भएको बताएका छन् । उनले यो सम्झौता महाकाली सम्झौताजस्तै भ्रामक भएको बताएका हुन् ।

आइतबार प्रतिनिधिसभाको दोस्रो बैठकमा एमसिसीमाथिको व्याख्यात्मक प्रस्तावको छलफलमा भाग लिँदै उनले नेपालको संविधानको मर्मविपरीत भएको बताएका हुन् ।

यसका साथै उनले एमसिसीमाथि भएको सम्झौता पत्रलाई सम्झौता पत्र नभएर ठग पत्र भएको बताएका छन् ।

उनले यो सम्झौता नेपाली स्वाधिनताको लडाइँमा कलंकको रुपमा स्थापित हुने दाबीसमेत गरेका छन् ।






  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार २०:१२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया