logo-img

एमसिसीमा ल्याप्चे ठोक्ने पार्टीहरूको असली राष्ट्रवाद उदाङ्गो भयो : एमाले
फाइल तस्वीर

नेकपा एमालेले गठबन्धन टिकाउने नाममा सरकारले पार्टीलाई संसदीय प्रक्रियामा प्रवेश गर्ने अवसर नदिएको आरोप लगाएको छ ।

संसद भवन बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै एमाले सचेत विशाल भट्टराईले सत्ता गठबन्धन टिकाउने नाममा एमालेलाई संसदीय प्रक्रिया भाग लिन नदिएको बताएका हुन् ।

उनले एमालेले संसदमा आफ्ना माग राख्दै आएको र सरकार ती माग सम्बोधन गर्ने पक्षमा नदेखिएको उनले बताए ।

उनले एमसिसी पारित भएपछि सत्ता गठबन्धनका नेताहरूको असल राष्ट्रवाद देखिएको भन्दै व्यङ्ग्य गरे ।

'एमसिसीमा ल्याप्चे ठोक्न तयार भएका पार्टीहरूको असल राष्ट्रवाद उदाङ्गो भएको छ । यसलाई नेपाली जनताले राम्रोसँग मूल्यांकन गर्नेछन्' उनले भने ।






  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार २१:३३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया