logo-img

एमसिसी सम्झौता संसदबाट ध्वनि मतले पारित

प्रतिनिधिसभाबाट एमसिसी सम्झौता पारित भएको छ ।

सम्झौतालाई सभामुख अग्निप्रसाद सापकोटाले ध्वनि मतका साथ पास भएको घोषणा गरेका हुन् । यसका साथै व्याख्यात्मक प्रस्ताव अनुमोदन भएको उनले घोषणा गरे ।

आइतबारको प्रतिनिधिसभाको दोस्रो बैठकमा व्याख्यात्मक घोषणामाथिको छलफल सकिएसँगै एमसिसी पारित भएको हो ।

एमसिसीमाथिको व्याख्यात्मक घोषणा अनुमोदनका लागि अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेस गरेका थिए । त्यसअघि व्याख्यात्मक घोषणामाथि सांसदहरूले छलफल गरेका थिए ।

छलफलका क्रममा उठेका प्रश्नको अर्थमन्त्री शर्माले जवाफ दिएपछि सभामुख सापकोटाले अनुमोदनका लागि पेस गर्न समय दिएका थिए ।

सभामुख सापकोटाले अर्को फागुन १८ गते बुधबार दिनको १ बजेका लागि बोलाएका छन् ।






  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार २१:७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया