logo-img

एमसिसी सम्झौता पारित भएपछि आठ दलले आह्वान गरे नेपाल बन्द
फाइल तस्वीर

संसदबाट आइतबार साँझ अमेरिकी सहयोग परियोजना एमसिसी पारित भएसँगै कम्युनिस्ट पार्टीहरूको मोर्चाले नेपाल बन्द आह्वान गरेको छ ।

६ कम्युनिस्ट पार्टी र २ मोर्चाले संयुक्त रुपमा नेपाल बन्द आह्वान गरेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीको कार्यालयमा बसेको बैठकले १६ फागुनमा नेपाल बन्द गर्ने घोषणा गरेको हो ।

देउवा सरकारले रातारात एमसिसी पारित गरेर देशका लागि घातको काम गरेको भन्दै यी दलले नेपाल बन्द आह्वान गरेका हुन् । 

बन्द आह्वान गर्नेमा विप्लव नेतृत्वको नेकपा, मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा लगायत छन् ।






  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार २१:४८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया