logo-img

एमसिसी : व्याख्यात्मक घोषणाबारे सांसदले के भने ?
फाइल तस्वीर

प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौता अनुमोदनका लागि १२ बुँदे व्याख्यात्मक घोषणा पेश गरेका छन् ।

अर्थमन्त्री शर्माले पेश गरेको व्याख्यात्मक घोषणाको छलफलमा सांसदहरु सहभागी भएका छन् । 

छलफलमा बोल्दै सांसद सुरेन्द्रबहादुर कार्कीले नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव अगाडी बढाउनुपर्ने बताए । त्यस्तै नेपालले दिर्घकालीन विकास रणनीतिको घोषणा बनाउनुपर्ने र विकासका लागि आफ्नो प्राथमिकता निश्चित गर्नुपर्ने बताए ।

सांसद पार्वतीकुमारी बिशंखेले अर्थमन्त्री शर्माले पेश गरेको व्याख्यात्मक घोषणा हुबहु पारित गरेर अमेरिकाले पनि हुबहु कार्यान्वयनमा लानुपर्ने बताइन् । सो घोषणा कार्यान्वयन नभए यो सम्झौतामा नेपाल सहभागि नहुने उनको भनाइ छ ।

सांसद दुर्गा पौडेलले सो सम्झौता राष्ट्रियता र सार्वभौमिकताको खिलापमा रहेको बताउनुभयो । एमसीसीलाई मतदानद्वारा खारेज गर्नुपर्ने उनले बताए ।

सांसद भीमबहादुर रावलले व्याख्यात्मक घोषणालाई भ्रमात्मक घोषणाको संज्ञा दिए । एकपक्षीय घोषणा गर्नु केवल नेपाली जनतालाई ठग्नु भएको उनले उल्लेख गरे । उनले यो दिनलाई नेपाली स्वाधिनताको लडाँइमा इतिहासको कलंकको रुपमा चित्रण गरे ।



सांसद राजकिशोर यादवले व्याख्यात्मक घोषणाले एमसीसी बारेको भ्रम चिर्ने बताए । अमेरिकाले अनुदान दिएको भए पनि यसलाई दुई देशबिचको सन्धि सम्झौतासँग तुलना गरिएको भन्दै उनले यो केवल अनुदान रहेको बताए ।

सांसद मीन विश्वकर्माले एमसीसीबारे भ्रमको बिस्कुन छरिएकोमा व्याख्यात्मक घोषणाले भ्रम निवारण हुने बताए । सो अनुदान सम्झौता पारित गरेर आगामी दिनमा ऋण घटाउने र अनुदान बढाउने वातावरण बनाउनुपर्ने उनले बताए ।



सांसदले व्याख्यात्मक घोषणाको सम्बन्धमा आफ्नो धारणा राखिसकेपछि अर्थमन्त्रीले जवाफ दिँदै छन् ।


  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार २०:५५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया