महिला गुनासो गर्ने युगबाट दायित्व निर्वाह गर्ने ठाउँमा आइसके : मन्त्री झाँक्री
फाइल तस्वीर

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले महिलामा नेतृत्व विकास गर्ने चुनौती रहेको बताएकी छन् ।

आइतबार महिला सुरक्षा दबाब समूहले ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा आयोजित राजनीतिक पार्टीमा महिला नेतृत्व, सम्भावना र चुनौती विषयक अन्तर्क्रियामा बोल्दै मन्त्री झाँक्रीले महिला गुनासो गर्ने युगबाट दायित्व निर्वाह गर्ने ठाउँमा आइपुगेको बताइन् । 

महिलाले राजनीतिक रूपमा र राज्यको विभिन्न क्षेत्रमा अवसर पाएको उल्लेख गर्दै उनले अब महिलामा नेतृत्व विकासको चुनौती रहेको बताइन् । महिलाले आ–आफ्नो ठाउँबाट कुशलतापूर्वक जिम्मेवारी बहन गरेर देखाउनुपर्ने उनले बताइन् । 

‘पुराना गुनासाका युगबाट सायद हामी डिपाश्चर भइसक्यौँ । अब हामीले केही दायित्व निर्वाह गर्ने ठाउँमा आइसक्यौँ । जिम्मेवारी पूरा गर्ने ठाउँमा आइसक्यौँ । र त्यस्तो उत्तरदायित्वपूर्ण काम गर्ने ठाउँमा आएको कारणले हामी युगका धेरै-धेरै काल रात्रिबाट हामी डिपाश्चर भएर अगाडि बढेका छौँ र यो ठाउँसम्म आइपुग्दा हाम्रो चुनौती भनेको हामी साझा हिसाबले नेतृत्व विकास गर्ने, स्थापित हुने र त्यो स्थापित नेतृत्वले सामाजिक न्यायलाई आत्मसात् गरेर त्यसले नेतृत्वमा पुगेपछि त वितरणकै कुरा हो,' उनले भनिन् ।

मन्त्री झाँक्रीले अब महिला सहभागिताको कुरा मात्र नगरी क्वालिटीमा नेतृत्व दिनेकुरा महत्वपूर्ण भएको बताइन् । महिला राजनीतिको मुल प्रवाहमा आइसकेको उल्लेख गर्दै उनले अब कसैले रोक्न नसक्ने पनि बताइन् ।





  • प्रकाशित मिति : फागुन २२, २०७८ आइतबार १९:४४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया