सुनको मूल्य हालसम्मकै उच्च

रुस–युक्रेन युद्धका कारण निरन्तर रुपमा वृद्धि हुँदै गएको सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको छ । सुनको मूल्य बुधबार एकै दिन प्रतितोला २ हजार ५ रूपैयाँले बढेर १ लाख ५ हजार ५ सय रूपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च हो ।  

रुस–युक्रेन युद्धका कारण विश्वका सुनमा लगानी सुरक्षित देखेर सुनमा लगानी बढेकाले सुनको मूल्य बढ्दै गएको छ । मंगलबार १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी महासंघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको छ । योभन्दा अगाडि ०७६ असोजमा १ लाख ३ हजार ५०० सम्म पुगेको थियो ।

त्यस्तै, सुनसँगै चाँदीको मूल्य पनि बढ्दै गएको छ । सोमबार १ हजार ४१० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी बुधबार ४० रुपैयाँले बढेर १ हजार ४५० पुगेको छ । बुधबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस एक दिनमा १३.७२ प्रतिशत अर्थात् २४८ डलरले बढेर २ हजार ५६ डलर पुगेको छ । युद्ध सुरु हुनुअघि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १८९० डलर प्रतिऔंस​ थियो ।





  • प्रकाशित मिति : फागुन २५, २०७८ बुधबार १८:४४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया