पन्जाबमा आम आदमीलाई अप्रत्यासित सफलता

पन्जाब प्रान्तमा आम आदमी पार्टीले अप्रत्यासित सफलता प्राप्त गर्ने देखिएको छ। मतगणनाकाे सुरुवाती रुझानमा आम आदमी पार्टी विजयउन्मुख देखिएको छ। त्यस्तै, कंग्रेसले पार्टीले केवल १४ सिटमा अग्रता कायम गरेकाे छ । 

११७ सिट भएको पन्जाबमा आम आदमी ९१ सिटमा अगाडि देखिएको भारतीय समाचार संस्था एनडिटिभीले जनाएको छ ।

पन्जाबमा आम आदमी पार्टीकाे उदयले देशकै सबैभन्दा पुरानो पार्टी कंग्रेसलाई ठूलो धक्का लागेको छ । पन्जाबमा आम आदमीकाे विजय निश्चत भएसँगै अरविन्द केजरीवालका लागि दिल्लीबाहिर पहिलो ठूलो सफलता हुनेछ । 

पन्जाबमा आम आदमी पार्टीले भागवन्त सिंह मनलाई मुख्यमन्त्रीको उम्मेदवार बनाएको छ । ४८ वर्षीय मन सन् २०१४ मा आम आदमी पार्टीमा प्रवेश गरेका थिए ।

सन् २०१९ को निर्वाचनमा पन्जाबबाट लोकसभा चुनाव जित्ने आम आदमी पार्टीका एक मात्र उम्मेदवार हुन् । 

बिहीबार पाँच वटा राज्यमा विधानसभा चुनावको मतगणना जारी छ । उत्तर प्रदेश, उत्तराखण्ड, पन्जाब, गोवा र मणिपुरमा मतगणना भइरहेको छ ।
 
 
 





  • प्रकाशित मिति : फागुन २६, २०७८ बिहीबार १२:४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया