किभको 'प्रतिरक्षा’ का लागि युक्रेन तयार छ : जेलेन्स्की

युक्रेनले राजधानी किभको 'अथक प्रतिरक्षा'को लागि तयार रहेको राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन् ।  

रुसले घेरा हालेको दक्षिणी बन्दरगाह सहर मारिउपोलमा पनि बमबारी जारी राखेको छ ।

शनिबार राति सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियामा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनलाई जित्ने शक्ति र आत्मा रुससँग नभएको बताएका छन् । 

मारिउपोलको लागि जाँदै गरेको मानवीय सहायताको रुसी चेकपोस्टमा रोकिएको थियो । तर, यो आइतबार सहरमा पुग्ने आशा गरिएको उपप्रधानमन्त्री इरिना भेरेशचुकले बताएकी छन् । 

रणनीतिक बन्दरगाह सहर मारिउपोलमा 'मानवीय प्रकोप' को सामना गरिरहेको छ । यहाँ रुसले गरेको आक्रमणमा परी १ हजार पाँच सयभन्दा बढी नागरिक मारिएका छन् । लाखौं सर्वसाधारणलाई बाहिर निकाल्ने प्रयास बारम्बार असफल भएको छ । मरियुपोल अझै पनि घेरिएको छ । 





  • प्रकाशित मिति : फागुन २९, २०७८ आइतबार १६:११:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया