logo-img

प्रतिगमनको खतरा रोक्न चुनावी तालमेल आवश्यक : दुर्गा पौडेल

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा सांसद् दुर्गा पौडेलले प्रतिगमनको खतरा रोक्न चुनावी तालमेल आवश्यक रहेको बताएकी छिन् । एमसिसी प्रकरणपछि राष्ट्रिय जनमोर्चाले पाँचदलीय गठबन्धन छाडेको छ । 

शनिबार राष्ट्रिय जनमोर्चा बुटवल उपमहानगरपालिकाको नगर भेलालाई सम्बोधन गर्दै उनले ५ दलीय गठबन्धनमा आफ्नो पार्टी नरहे पनि स्थानीय निर्वाचनमा चुनावी तालमेल गर्ने आफ्नो पार्टीका मुख्य प्राथमिकतामा रहेको बताइन् । 

प्रतिगमनकारी शक्तिलाई परास्त गर्दै संविधानको रक्षा गर्नु अहिलेको प्रमुख राजनीतिक मुद्दा बन्नु पर्ने उनले बताइन् । अहिले राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षतालाई खारेज गर्ने उद्देश्यले चलखेल भइरहेकाले यसलाई परास्त गर्न चुनावी तालमेल आवश्यक रहेको बताइन् ।  

वर्तमान सरकारले संसदबाट जालझेल गरी ‘राष्ट्रघाती एमसीसी सम्झौता’ पारित गरेको उनको आरोप छ । यो मुद्दालाई स्थानीय निर्वाचनमा जनताको माझमा पुर्‍याउने दायित्व आफ्नो पार्टीको काँधमा आएको उनले बताइन् । 





  • प्रकाशित मिति : चैत ५, २०७८ शनिबार २०:३९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया