logo-img

ओलीले समृद्धिको सपना पचाउन नसकेका कारण दुई तिहाइको सरकार ढल्यो : पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले दक्षिणपन्थी अवसरवादका कारणले दुई तिहाइकाे कम्युनिस्ट सरकार ढलेकाे बताएका छन् ।

कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् ।

उपाध्यक्ष पाेखरेलले दुई तिहाइको सरकारको नेतृत्व गरेका एमालेका अध्यक्ष केपी ओलीले समृद्धिको सपना पचाउन नसकेका कारणले दुई तिहाइको सरकार ढालेर कांग्रेसकाे सरकार बनाउने माधव नेपाल र माओवादी अध्यक्ष प्रचण्ड अवसरवादी भएको आराेप समेत लगाए ।

उनले भने, ‘देशमा अपराधपूर्ण काम भएको छ । यसको छिनोफानो हुने आवश्यक रहेको छ । राष्ट्रिय राजनीति दुई ध्रुवमा केन्द्रमा रहेको छ । एउटा एमाले हो । यो मुलुक बनाउने पार्टी भनेको एमाले हो ।’

नेपालमा राष्ट्रियताको कुरा गर्ने भारतसँग हिमचिम गर्ने काम प्रचण्डले गरेकाे अध्यक्ष पाेखरेलले बताए । 

‘ओलीले त भारत हाम्रो छिमेकी मुलुक हो भन्नुभयो । छिमेकीसँग चीनसँग पनि त्यही कुरा गर्नुभयो,’ उनले भने, ‘भारतको अतिक्रमण गरेको कालापानी लिपुलेक नेपालमा संविधान संशाेधन गर्नुभयो ।’





  • प्रकाशित मिति : चैत ६, २०७८ आइतबार १६:२७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया