ट्राफिक नियम उल्लंघन गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्छः मन्त्री झाँक्री

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले ट्राफिक नियम उल्लंघन गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताएकी छिन् । ट्राफिक नियम उल्लंघनका कारण सर्वसाधारणले हैरानी खेप्नुपरेको बताउँदै उनले यस्तो बताएकी हुन् । 

मंगलबार राजधानीमा ट्राफिक प्रहरीलाई प्राविधिक उपकरण हस्तान्तरण गर्दै उनले भनिन्, ‘हाम्रो संस्कृतिमा कारबाही नै ठूलो कुरा रहेछ । एकजनाले नियम उल्लंघन गर्दा धेरैको समय र पैसाको नोक्सानी हुन्छ । यसको चेन इफेक्ट थुप्रैलाई परेको हुन्छ ।’ ट्राफिक नियम अटेरी गर्नेलाई कारबाही गर्दा यसबाट राजश्व पनि उत्पन्न हुने र मान्छेमा बानी पनि पर्ने उनले बताइन् । 

मंगलबार राजधानीमा ट्राफिक प्रहरीलाई प्राविधिक उपकरण हस्तान्तरण गर्दै मन्त्री झाँक्रीले ट्राफिक अनुशासन महत्वपूर्ण रहेको बताइन् । मन्त्री झाँक्रीको निर्देशनमा काठमाडौं उपत्यका विकास प्राधिकरणमार्फत २० थान ह्विल लक र ८८ थान ट्राफिक लाइट प्रदान गरिएको छ ।
 
कार्यक्रममा बोल्दै काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले धोबीखोला कोरिडोरलाई व्यवस्थित गरेर सवारी आवागमनमा प्राधिकरणले सहजीकरणको प्रयास गरिरहेको बताइन् । 

यस्तै, ट्राफिक प्रहरी महाशाखा प्रमुख उमेशराज जोशीले नियम उल्लंघन गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको बताइन् । यसअघि दैनिक झण्डै ८ देखि १० लाख रुपैयाँ राजश्व संकलन हुने गरेकोमा हाल १८ लाखसम्म राजश्व संकलन भइरहेको बताउँदै मन्त्रालयमार्फत प्राप्त थप उपकरणले यो अनुपात बढ्ने उनले बताइन् ।





  • प्रकाशित मिति : चैत ९, २०७८ बुधबार १७:५४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया