कां‌ग्रेस बैठक : गठबन्धनको विरोध गर्ने नेताहरूलाई जितेर देखाउन देउवाको चुनौती
फाइल तस्वीर

सत्ता साझेदार दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा चुनावी गठबन्धनका विपक्षमा नेताहरू उभिएपछि सभापति शेरबहादुर देउवाले जितेर देखाउन चुनौती दिएका छन् । सानेपास्थित पार्टीको मुख्यालयमा शुक्रबार बसेको केन्द्रीय समितिको बैठकमा सभापति देउवाले चुनावी गठबन्धनको विरोध गर्ने नेताहरूलाई चुनाव जितेर देखाउन चुनौती दिएका हुन् ।

देउवाले गठबन्धनको पक्षमा बोल्दा शेखर कोइराला पक्षले त्यसको विरोध गरेको छ । आजको बैठकमा प्रदेश सभापतिहरूले आफ्ना धारणा राख्ने क्रममा चुनावी गठबन्धनबारे मिश्रित प्रतिक्रिया दिएका थिए । गठबन्धनको पक्षमा बोल्नेहरूले पनि केन्द्रबाट नभई स्थानीयस्तरबाट गठबन्धन गर्नुपर्ने धारणा राखेका थिए । 

बैठकमा गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले नेता नैनसिंह महरले गठबन्धन गर्न नहुने धारणा राखे । नेता बलबहादुर केसीले चुनावमा गठबन्धन गर्नुअघि पार्टीभित्र एकता कायम राख्नुपर्ने बताएका थिए । 

चुनावी गठबन्धनको विरोधमा बोलेका नेताहरूलाई जवाफ दिँदै सभापति देउवाले भोलि जितेर देखाउनुपर्ला भन्दै रुलिङ गरेका थिए । उनले आफूलाई देशभरको अवस्थाबारे जानकारी रहेको पनि बताएको एक नेताले बताए । 'गठबन्धनमा विरोध गर्नुस् तर भोलि जितेर देखाउनु पर्ला,' उनले भनेका थिए ।





  • प्रकाशित मिति : चैत ११, २०७८ शुक्रबार १९:१७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया